June 11, 2011

जिमखाना को एक दृष्य !

एक दिन  जिमखाना मा एक बृद्ध पुगेछन अनि प्रशिक्षकलाइ जिमखाना मा भएका मेसिन हरु लाई देखाउदै सोधेछन् |

एक बृद्ध ( शारीरिक रुपमा असक्त ) : मैले एक सुन्दर नारी लाई आकर्सित गर्नु छ मैले कुन मेसिन प्रयोग गर्नुपर्ला ?

प्रशिक्षक : हजुरले बाहिर भएको एटिएम मेसिन प्रयोग गरे सबै भन्दा उत्तम होला !

February 15, 2011

साबधान ! ! ! भ्यालेन्टाइन डे को पासो बाट |

"Mind The Valentine’s Day Trap" नामक क्याम्पेनमा युवा जमात शो कार्ड प्रदर्शन गर्दै |

यस बर्षको भ्यालेन्टाइन डे " प्रेम दिवस" मा मलेशिया को सरकारी निकाय बाट मुस्लिम धर्मावलम्बी हरुको लागि पर्बको रुप मा मनाउन निषेध गरिएको छ | अन्य धर्मावलम्बी हरुको लागि भने सो निषेधात्मक आदेश लागु गरिएको छैन| मलेशिया यस्तो धार्मिक सहिस्नुता भएको देश को जहाँ हिन्दु, बौद्ध, क्रिस्टियन र अन्य साना सम्प्रदाय हरु पनि आफ्नो धर्म मान्न स्वतन्त्र छन र आफ्नो आफ्नो धार्मिक गतिबिधि गर्न छुट छ | जब कि मलेशिया को सरकारी अथवा आधिकारिक धर्म भने मुस्लिम हो | यहाँ को बहुसंख्यक जनता मुस्लिम धर्म मान्दछन |

(Photo source: Bernama,snap shoot from THE SUNDAY POST)

February 8, 2011

जोखिममा बैधानिक भित्रका अबैधानिक कामदार

मैले यहाँ बैधानिक भित्रका अबैधानिक कामदारहरुको कुरो उठाउँदा एक प्रकारले अनौठो शब्द प्रयोग भएको जस्तो लाग्न सक्छ तर वास्तविकता यही हो । बैधानिक यस अर्थमा मलेशियन सर कार ले जारी गरेको भिषा भएका कामदार नै हुन । तर अबैधानिक यस अर्थमा सरकारले भिषामा तोके को कम्पनि र तोकिएको काम नगरेर अन्य कामहरुमा संलग्न भएका हरु सरकारी नजरमा अबैधानिक नै हुन । नेपालबाट कामको लागी जाँदा तोकिएको कम्पनिमा नै काम गरेकाहरु बिभिन्न कारण बाट कम्पनि छोडी भाग्न बाध्य भएकाहरुको कुरो बेग्लै छ । ठुलो सपना बोकेर ऋण काढेर गएकाहरुको सपना चकनाचुर भएपछि कम्पनी छोडेर भाग्नु र अर्को राम्रो काम खोजेर ऋणबाट मुक्ति पाउन खोज्नु त्यती अनौठो मान्नु पर्दैन भन्ने मेरो सोच हो । नेपालबाट कामदार लाने प्रकृया र नेपाली कामदारहरुले सम्झौतामा भने बमोजिम ज्याला तथा अन्य सुबिधाहरु प्ााउन नसक्नु नै नेपाली कामदारहरु बैधानिक कम्पनीबाट पलायन भई अन्यत्र कामगर्नु बाध्यताको मुख्य कारण हो भन्दा सायदै कसैले यो तथ्य लाई गलत भन्लान । नेपालका क्यानपावर ब्यवसायीहरु र तिनका गाउँ सम्म फैलिएको एजेण्टहरुको समुहले बैदेशिक रोजगार ीमा जान चाहने नेपाली कामदारलाई सम्बन्धीत कम्पनीले दिने ज्याला र अन्य सुबिधा भन्दा पनि बढाई चढाई गरेर कामदार हरुलाई आफ्नो म्यानपावर मा आकर्षित गनृु्र र कामदारले बै देशिक रोजगारीमा गए पछि सो बमोजिमको ज्याला तथा सुबिधा नपाउनु नै कामदारहरुलाई बै धानिक कम्पनी र काम बाट भाग्न बाध्य बनाउने एउटा मुख्य कारण हो । निम्नतम् मानबिय आवस्यकताका वस्तुहरु खानपिन बस्ने वासस्थान बिजुलि बत्ति खानेपानीको समेत कतिपय स्थानमा नेपाली कामदारहरुले राम्रा् सँग उपभोग गर्न नपाउने तथा सामान्य औषधोपचारको समेत ब्यवस्था बाट ने पाली कामदारहरु बिाचत भएको अवस्थामा पनि नेपाली सरकारी क्षेत्र तथा म्यान पावर ब्यवसायी हरुको उचित ध्यानाकर्षण हुन नसक्नुले पनि नेपाली कामदारहरु राम्रो वासस्थान तथा अन्य सुबिधा भएका कम्पनिमा काम गर्नको लागी अवैधानिक हुन बाध्य भएको पाईन्छ । बिषेश गरेर कम ज्याला र सुबिधामा नेपाल सरकारले श्रम सम्झौता गरेका मुलुकहरु मा धेरै कामदारको माग हुने गरेको र त्यस्ता गन्तब्यमा जाने कामदारको संख्या त्यती धेरै नहुने भएको ले यसरी कामदार लाने सुरु वात सँगै कामदारहरुले पाउने सास्तीको थालनी भएको हुन्छ । मलेसिया नेपालीको लागी मुख्य र ाेजगारीको गन्तब्य भएपनि सरकारी निकायको गैर जिम्मेवारी पना र म्यानपावर कम्पनीहरुको जसर ी हुन्छ पैसा कमाउने सोचले नेपाली श्रमिकहरु अबैधानिक हुन बिवश छन् । कामदार पठाउने क्रममा नै कयौं एउटा कम्पनीको भिषामा मलेशिया गएर अको ्र कम्पनि र अर्कै क्षेत्रमा काम गर्नु पर्ने बाध्यतामा पनि छन् । मुख्य रुपमा त्यसरी लगिएका कामदारहरु लाई नेपालमा सेक्यूरीटी गार्डको भिषा भनि लगिने गरेको पाईन्छ । सेक्यूर ीटी गार्डको रोजगारी मलेसियामा एउटा राम्रो कमाई हुने क्षेत्र मानिन्छ । मलेसिया सरकारले सेक्यूरीटी गार्डमा बिदेशी कामदार लिन बन्द गरे पछि श्रम माफियाहरुको सकृयतामा यसरी कृषि क्षेत्रको सस्तो भिषामा कामदारहरुलाई लग्ने र नेपालमा सेक्यूरीटी गार्डको लागी लाग्ने महंगो शुल्क असुल गर्ने गरीएको पनि त्यसरी गलत भिषामा गएका नेपाली कामदारहरु बाट सुन्न पाईन्छ । त्यस्ता कामदारहरु लाई बैधानिक भित्रका अबैधानिक कामदार बनाउनमा पक्कै पनि ने पाली म्यानपावर ब्यवसायीहरु नै जिम्मेवार छन् । त्यसको जिम्मेवारी लिन नेपालका सम्बन्धीत सर कारी निकाय र मलेशियामा रहेको नेपाली राजदुताबास तथा श्रम सहचारीको भुमिका निर्वाह गर्न भने र नेपाल देखी नै खटिएर गएका श्रम सहचारीको पनि त्यतीकै ठुलो जिम्मेवारी हुनु पर्दछ । एक कम्पनीको भिषामा अर्को कम्पनीमा काम गर्दा गर्दे मलेशियाको अध्यागमन बिभागको चेक जाँचमा परेर कार्वाहीमा पर्न सक्ने त्यस्ता कामदारको बैधानिक रुपान्तरण को लागी ने पाली कुटनितिक नियोग र श्रम सहचारीले अहिल्यै पहल गर्न जरुरी छ । र भबिष्यमा त्यसरी कामदार लानबाट म्यानपावर ब्यवसायी लाई रोक्नको लागी सचेत गराउन र आवस्यक परे कार्वाही गर्न समेत खुट्टा कमाउनु हुन्न भन्ने आम नेपाली श्रमिकहरुको धारणा छ । एकातर्फ म्यानपावर कम्पनीहरुको लापरबाही बाट बैधानिक भित्रका अबैधानिक कामदार हुन बाध्यहुनेहरुको विवशता सामुन्ने छ भने अर्को तर्फ आफैं बैधानिक भित्रका अबैधानिक कामदार भएर मलेसिया पस्ने कामदारहरुको संख्या पनि आज भोली बढ्दो क्रममा छ । मले शियामा केही समय काम गरेर फर्किएका आफ्नै निजी सम्पर्कका आधारमा पनि रोजगारी खो ज्न सक्ने त्यहाँको वातावरणमा घुलमिल भइसकेकाहरु भाषामा पोख्त भएकाहरु कृषी क्षे त्र सँग सम्बन्धीत कम खर्चमा प्राप्त गर्न सक्ने भिषा बनाएर मलेसियामा अन्य राम्रा आम्दानी दिन सक्ने सेवा क्षेत्र तथा औद्योगीक उत्पादनका क्षेत्रमा काम गर्ने गरेको पाईन्छ । त्यसैगरी ने पाली लगानीका रेष्टुरेण्ट पसलहरु र केही मात्रामा रेमिटेन्स क्षेत्रमा पनि त्यस्ता कामदारहरुको के ही उपस्थिती पाईन्छ । रेष्टुरेण्टको भिषामा रेमिटेन्समा काम गर्ने आउट सोसर्िङ्ग भिषामा औ षधीको ब्यापार गर्ने जस्ता कामहरु नेपालीहरुले गरेको कारण भोली बैधानिक भिषा भए पिन अबैधानिक रुपमा रोजगारी तथा ब्यवसाय गरेको कारण नेपाली कामदारहरु पनि सरकारी नजरमा काले ासुचिमा पर्न सक्ने सम्भावना लाई नकार्न सकिदैन । बितेका केही महिनामा नेपालीहर तथा अन्य बिदेशी ब्यापारीहरुको मूख्य ब्यापारीक स्थलमा मलेसियाको सरकारी निकायहरुले सशंकित नजरले हेर्नथाले बाट पनि यो कुरो प्रष्ट हुन्छ । एउटा नेपाली ले राम्रो अर्थोपार्जन गरेको हाम्रो लागी खुसीको कुरो भए पनि भोली त्यसले निम्त्याउन सक्ने जोखिम र मलेसिया सरकारको नेपाली कामदार प्रतिको धारणा परीवर्तन भएमा नेपाली हरुको बैदेशिक रोजगारीको एउटा मुख्य गन्तव्य नै गुम्न सक्ने खतरा पनि एउटा नराम्रो र नेपाली श्रम बजारको लागी ठुलै झड्का हुन सक्छ ।

प्रधान मन्त्रि कमरेडलाई बधाई र चुनौती

नेपाल को ३४ औं प्रधानमंत्री  चयन हुनु भएकोमा हार्दिक बधाई | देशले ७ महिना लामो पर्खाई पछि जन निर्बाचित प्रधानमंत्री पायो | यो तमाम नेपाली हरुको लागि खुसीको कुरो  हो | देशको चौथो कम्यूनिष्ट प्रधान मन्त्रि र यहाँको  आज सम्मको राजनीतिक छबि संग्लो नै भएकोले तपाईको कार्यकाल सफल रहोस र बालुवाटार बाट फर्किदा पनि संग्लो नै रहिरहोस भन्ने हार्दिक कामना |
नेपाली कानुन निर्माता हरु को अदुरदर्शिता कारण नेपाली संसद ले लामो समय सम्म प्रधानमंत्री को निर्वाचन प्रक्रिया को गोलचक्कर लगाउनु पर्यो | संसारको सामु नेपाली राजनीति र नेपाली सबैधानिक कानुन को उपहास भयो, खिल्ली उडाइयो |  नेपाली कानून निर्माता हरुको, सबिधानबेत्ता हरुको क्षमतामाथि प्रश्न चिन्ह खडा भयो | नेपाली राजनेताहरुको भ्रष्ट चरित्रको कारण ले नेपाली जनता आज सम्म १९ औं सताब्दीको भन्दा पनि तल्लो तह को जिबन जिउन बाध्य छन | यस सन्दर्भमा नव निर्वाचित सम्मानीय प्रधान मन्त्रि कामरेड लाई म चुनौती दिन चाहन्छु |
१.       माओबादी समर्थनमा सरकारमा रहँदा माओबादी उसृन्खलता र माओबादी लडाकु तथा तिनका अर्ध सैनिक दस्ताबाट लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको अवस्थामा त्यस्ता तत्व हरुमाथि कानुनी कारबाही गर्न सक्ने क्षमता राख्नु हुन्छ ?
२.      संबिधान निर्माणको महत्व पूर्ण कार्य के तपाइले तोकिएको समयमा सम्पन्न गर्ने वातावरण सृजना गर्न सक्नु हुन्छ ?
३.      माओबादी जनसेनाको एउटा छुट्टै दस्ता खडा गरेर सिमा सुरक्षाको जिम्मेवारी दिने भन्ने सहमति त यहाँ ले कामरेड प्रचण्ड संग गर्नु भएछ, तर एउटा पार्टी को झन्डा बोकेर राजनीतिक बिचारले परिचालित सुरक्षा दस्ताले निष्पक्ष र अन्तरास्ट्रिय कानुन अनुसार नै नेपाल को सिमाना रक्षा गर्न सकछ भन्ने मा यहाँ ढुक्क हनुहुन्छ ? यदि भोलिका दिन मा नबगठित सुरक्षा दस्ताले नेपाल भारत सिमाना वा नेपाल चीन सिमानामा कूटनीतिक र राष्ट्रिय नीति बिपरित माओबादी बिचारले प्रेरित भएर कुनै गलत काम गरेमा त्यस बाट नेपालले भोग्नु पर्ने कस्ट र नेपाल को संसारमा हुने बेइजती को जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ ?
४.      आम नेपाली जनताको माग भनेको नेपालको सर्वांगीण बिकाश र सम्पूर्ण क्षेत्रको समानुपातिक बिकाश नै हो | तर यहाँ केहि छोटे राजा हरुको महत्वाकांक्षा ले नेपाललाई भौगोलीक रुपमै बिखन्डन गरि १८औ सताब्दिको बाईसे र चौबिसे राज्यमा बिभाजन गरेर नेपाल लाई बिखन्डन को बाटोमा अगाडी बढाएर नेपाल लाई सुडानीकरण गर्ने र अन्त मा सिक्किम को अवस्थामा पुर्याउने सड्यन्त्र  भैरहेको अवस्थामा के तपाई नेपाल लाई जातियता,र क्षेत्रीयताको बिखन्डन बाट बचाएर एउटा सम्मुनत राष्ट्र बनाउने र परिआएमा त्यस्ता बिखन्डनबादी हरुलाई जनताको कटघरामा उभ्याउने हिम्मत गर्नु हुन्छ ?
५.     भनिन्छ एमाले कार्यकर्ता होस् वा नेपाली जनता कोहि पनि एमाले को वर्तमान कुर्सीमुखी राजनीति देखि सन्तुस्ट छैनन | दिन प्रतिदिन एमाले नेतृत्व पंक्तिको छबि सुबिधा भोगी, पदलोलुप, र केन्द्र मुखी भएको भन्ने गुनासो कार्यकर्ता र नेपाली आम जनता बाट आउने गरेको छ | मन्त्रि भए पछि आफ्नो ढुकुटी भर्ने काम मात्र एमाले नेताहरु बाट भए | जनताका जनजिबिका का सवाल, किसान र मजदुर को हकहित र तमाम निमुखा अनि पिछडीएका  जनताका समस्या र देशहितको  कार्य मा एमाले नेतृत्वले कुनै चासो नदेखाएको र जहिले पनि सत्ताको भागबन्डा र त्यसको लुछाचुडी मा लागेको गुनासो तमाम नेपाली जनता र एमाले कार्यकर्ता हरुको छ | कामरेड देशको प्रधान मन्त्रि तथा एमाले को अध्यक्ष समेत भएको ले देशको सत्ता र पार्टीको नेतृत्व दुवै आफ्नो हातमा हुदा के तपाई संग आम नेपाली जनताका गुनासा र समस्या लाई सम्बोधन गर्ने केहि योजना छ ?

 अन्त मा यहाको कार्यकाल सफल रहोस | तमाम नेपाली जनता ले परिवर्तन को महसुस गर्न सकुन र यहाले फेरी कसैको झापड खानु नपरोस र फेरी देश मा कुनै लोकतान्त्रिक निर्वाचन भए यहाँ लाई भोट माग्न जान लाज लाग्ने अवस्था नरहोस भन्ने सुभकामना

January 24, 2011

मेरो निबेदन ! ! !

सम्पूर्ण यस ब्लगका पाठक हरुमा यहाँ हरुको नियमित सपोर्टको लागि  हार्दिक आभार प्रकट गर्न चाहन्छु | केहि समय देखि म अन्य काम हरु मा ब्यस्त भएको र नेपाल मा भएको कारण ले नियमित रुपमा ब्लग लाई अपडेट गर्न कठिनाई भएको व्यहोरा सम्पूर्ण पाठक हरुमा जानकारी गराउन चाहन्छु | यहि २०११ को फेब्रुअरी देखि पून: ब्लग लाई नियमित रुपमा अपडेट गरिने हुदा यहाँहरुको अपार सहयोग को खाचो महसुस गरेको छु | तपाई हरुको कमेन्ट र ईमेल को पर्खाईमा रहने छु |

धन्यवाद

September 17, 2010

बिष्कुट पानी छर्केर ५१ हजारको लुट

झापा अनलाईन काठमाण्डौ ।
मलेसिया बाट छोराले पठाएको ५१ हजार लिएर घर तर्फ जान लागेकी एक महिला राजबिराजको नगर क्षेत्रमै सोमबार दिउँसो लुटिएकी छिन् ।
             राजबिराज नगरपालीकाको रामजानकी मन्दिर छेउमा रहेको प्रभू मनि ट्रान्सफरको भुक्तानी काउण्टरबाट सोमबार दिउँसो १२ बजे तिर मलेशियाबाट छोराले पठाएको ५१ हजार रुपैयाँ निकालेर हटिया तर्फ आउँदै गरेकी डिमन गा.बि.स. वडा नं। १ की बृद्धा लखनबती यादव लुटिएको राजबिराज बाट प्रकाशित कृष्णा राष्ट्रिय दैनिकले जनाएको छ । पिडीत महिलाले आफुले रकम लिए पश्चात २५/३० बर्षका तीन जना युवाहरु प्छि लागेको र तिनीहरुले पछाडी बाट पानी जस्तो केही सारीमा फालेको बताईन । तिनीहरुको हेक्का नराखी पुरानो बारुण यन्त्र नजिक रहेको बासुदेव मिस्त्रीको गल्लीबाट हटिया छिर्न लाग्दा मेरो सारीमा दिशा लागेको भन्दै धुनका लागी भनेको र आफुले पनि सारी हेर्दा दिशा जस्तो लागेपछि । नजिक रहेको पसले सँग पानी रहेको जग मागी सारी धुन लागेको अवस्थामा लुटिएको रुँदै भनिन् । सारी धुने बेलामा प्रभु मनि ट्रान्सफरबाट लिएको ५१ हजार रुपैयाँ सहित नेपाली नागरीकताको प्रमाण पत्र रहेको झोला नजिकै भुईमा राखेको र हेर्दा हेर्दै तीन जना यूवकले झोला लिई बेपत्ता भएको पिडीत यादवले बताईन् । जेठो छोरो चन्द्रेश्वरले गत भदौ २३ गते नै मलेशियाबाट प्रभु मनि ट्रान्सफर मार्फत पठाएको पैसा स्थानिय संचालकहरुले समयमा नदिएर आलटाल गर्दै ६ दिन सम्म धाउन बाध्य बनाएको र छ दिन पछि पैसा िदंदा लुटेराहरुले लुटी लगेको उजुरी वडा प्रहरी कार्यालयमा तत्कालै दिए पनि लुटेराहरु प्क्राउ पर्न नसकेको गुनासो उनले गरीन् । उनले प्रभू मनि ट्रान्सफर नजिकै बाट आफुले तिनै जनाले पछ्याइ रहेको आभाष पाए पनि लुटेरानै हो भन्ने नबुझेको र देख्दा देख्दै छोराको कमाई लुटेर बेपत्ता भएको बताइन् । 
            च्याउझै स्थानिय स्तरमा उमि्रएका मनि ट्रान्सफरका एजेण्टहरुले ग्राहकहरुलाई प्राःय धाउन बाध्य बनाउने गरेको र धेरै पटक धाउँदा लुटेराहरुले पैसा बोकेको थाहा पाए पछि लुटिने क्रम बढदै गएको सर्वसाधारणहरुको गुनासो छ । बिस्कुट मिलाईएको पानी छर्केर लुट्ने गिरोहलाई राजबिराज क्षेत्रमा प्रहरीले केही अघि पक्राउ गरेपनि त्यस्ता लुटेराहरु अझै पनि सकि्रय रहेको र त्यस्ता लुटेराहरुलाई जरै देखि निर्मुल नपारे यस्ता लुटका घटनाहरु दोहेरीने सम्भावना रहेको कुरा भुक्त भोगीहरु बताउँछन् ।

April 6, 2010

कथा कम्लहरी

    

        खपि नसक्नुको जाडो त्यसमा मुन सिमसिमे पानी परिरहेकोछ।ढक्क फुलेको छ आकाश आफ्नो कालो वादलको घुम्टो ओढेर।बेलाबेलामा बिजुली चम्किदा देखिने उज्यालोमा करेसावारीमा भएका सागपातकाउलीवन्दागोभीहरुको रुपरँग कम्ति कान्तिमय देखिदैन।रितु आफ्नो दैनिकी सकेर कोठामा जान्छे।sिन किन आज उसलाई वेचैन भएको छ।मनमा वेदना गुनगुनाएर गीत बनाएर पोखिदिउँ कि वा सारँगीको कर्खामा नाच्ने चरी मुैँ नाचिदिउँ।sता कता मन भित्र काउकुति लागे जस्तो लाग्छ उसलाई।sाेठाको वातावरण नियाल्छेभिन्न जस्तो लाग्छ अनि उसले मु्याल खोलेर आफ्ना मृगनयन वाहिर फ्याक्छे धेरै वेर सम्म।तरअन्धकार भित्रको हिउँदे वर्षातले उसलाई गिज्याईदिन्छ।न त आकाशमा ताराहरु छन् न त चन्द्रमा।वरु आकाशमा चम्किने बिजुलीले उसलाई त्रसित वनाउछ।उ मु्याल वन्द गर्छे र विस्तारामा जान्छे।आफ्से आफ् उसलाई आफ्नो शरीर भारी भए जस्तो लाग्छ।sता कता भित्रै देखी गर्मी चढे जस्तो हुन्छ।तर पनि उ कल्पिन्छे आफ्ना बाबाआमाभाईवहिनी र साथी सँगीहरु र त्यो उज्यालो वस्ती जहाँ मानविय भावना भित्रका आत्मिय सँजालहरु छन्।ऊ भोली नै एक हप्ताको बिदा लिएर वर्षदिनको रमाईलो पर्व माघी मान्न आफ्नो प्यारो जन्मघर जाँदैछे करीब एक वर्ष पछि।sति रमाउलान् बाबा आमा र भाई वहिनीहरु लगाएत साथी सँगीहरु उसँग लामो समय पछि भेट्दा।आहा त्यो दिन थारुहरुको रमाईलो पर्व माघीऊ मुस्कुराउछे र लज्जावती फूल मुै लमतन्न हुन्छे सिरक भित्र गुटुमुटु पर्दै।
अबेर सम्मको कल्पाईले होला रितु विहान अवेर सम्म उठ्दिन।रितु…ऐ…।रितु…।रानीसाबले उसलाई व्युमुाउछिन्।उ उठ्छे र ढोका खोल्दै नमस्ते गर्छे।अँ॥सुन॥त॥हामी सबैको लागि खाना पका अनि तँ खाएर गईहाल्।हामी अलि पछि खान्छौँ।अँ॥अर्को कुरा…।बाटोमा धेरै अलमल गर्ने होईनसबेरै घरमा पुगेर फोन गरेस ्हामीलाई।हवस्!रानीसाब॥ऊ त्यती मात्र जवाफ दिन्छे।sति मिठो बचन छ आमा बराबरको।यदि तपाई हुनुहुन्नथ्यो भने यो रितु उहिल्यै मरिसकेकि हुन्थि॥ऊ मनमनै सोच्छे।खाना पकाउछे र खान्छे अनि घर जानलाई तयार हुन्छे ।बिदाईको लागि राजासाबको कोठामा जान्छे र बिदा माग्छे नमस्ते गर्दै।बिदा सकिने वित्तिकै आईहाल है रितु अलि खस्रो स्वरमा भन्छन् राजासाब। हवस राजासाब!यहि सानो उत्तर सहित बाहिर निश्कन्छे।s्याम्पस बाट आउदै गरेकि मैँयासँग आँगनीमै जम्काभेट हुन्छ।छिट्टै आउहै दिदीतिमी नभए त सुत्न र खान पनि मन लाग्दैन मलाई रितुको हात समाउदै लाडिन्छे मैया।हुन्छ मैया भन्दै उसको गाला सुम्सुम्याउछे र आप्ाु्नो बाटो लाग्छे।
सुर्यले पश्चिमी छितिजको गन्तव्य तय गर्दैछ।रितु आप्ाु्नो गाँउमा पुग्छे र पि।सि।ओ।बाट रानीसाबलाई आफु घरमा आईपुगेको कुरा वताउछे।त्यस पछि ऊ आफ्नो घरमा जान्छे।बाबा आमा लगाएत भाई बहिनी घरमै छन्।रितु कति बेला आईपुग्छे भनेर ममतामयी दृश्टि आमाले घरिघरि बाटो तिर फालिरहेकि थिईन्।जव ऊ आँगनको छेउमा पुग्ाी भाई बहिनीहरु उप्रुदै उसलाई भेट्न आए।sसैले हात समाए त कसैले फरियाको छेउकसैले मुाेला बोके।ऊ बाबा आमाको छेउमा पुगि र नमस्ते गरी।बाध्यता र बिबशताले कम्लहरी बस्न पठाए पनि आमाको मन न हो रितुलाई छातीमा टाँसेर रोईन् आमा।रितुले पनि आँशु थाम्न सकिन।एक वर्ष सम्म सँगालेर राखेको स्नेही जलप्रवाह भैरह्यो तिनिहरुको नयनबाट आँशु बनेर।उनिहरुको रुवाई देखेर भाई बहिनीहरु किँकर्तव्यविमुढ छन् वाल मश्तिष्कले रुवाईको परिभाषा बुमु्न नसकेर।बाबा अलि पर बसेर त्यो दृश्य देखे पनि नदेखे मुै गरेका छन्।आत्मा त रोएको हुनु पर्छ तरपनि पुरुष हृदय हो सित्तैमा आँशु त कहाँ मुर्छ र।सानो भाई र बहिनी छेउमै आएर उसलाई भन्छन्-दिदी अब हामीलाई छोडेर कतै नजाउ है॥हामी सँगै वसौँ ॥हामीलाई तिम्रो कस्तो माया लाग्छ के…॥आमाको काखमा रित्तीसकेका आँशु भए पनि भाई बहिनीहरुको यी शव्दले रितु मुन् व्याकुल वन्छे।उनिहरुलाई काखमा राख्छे र छचल्किएको स्नेह चुम्बनको वर्षा गराउदै पोखिदिन्छे भुई भरी।त्यो दृश्य देख्न नसकेर आमा भान्छा तिर लाग्छिन् सुक्क सँुक्क गर्दै।त्यस पछि ऊ भाई बहिनीलाई लिएर साथी सँगी भेट्न गाउँ तिर जान्छे।sम्लहरी बसेका सबै थारु चेलीहरु आईसकेका छन्।सबै जना एक ठाँउमा भेला भएर आ-आफ्नो मनको मैलो खोल्न थाल्छन्।sाेही समयमै खान र सुत्न नपाउने गुनासो गर्छन् त कोही मालिक मालिक्निको व्यवहार राम्रो नभएको दुखेसो पोख्छन् भने कोही बाहिर बाट आउने पाहुनाहरुको बलजफ्ती सुनाउछन्।यौन शोषण त सबै कम्लहरीहरुको सामुा वेदना हो भने रितुको लागि पृथक कुरा छ उसलाई मैयाँले लेखपढ गर्न सिकाईदिईन्।त्यसैले अरुको भन्दा फरक पनि छ उसको व्यक्तित्व।यो नै उसको अहोभाग्य पनि हो।सबैले आ-आफ्नो मनको मैलो धोए पछि भोलि पल्ट माघ एक गते अर्थात थारुहरुको महान चाड माघीको रमाईलोमा भेट हुने बाचा गर्दै छुटिन्छन्।
पश्चिम नेपालको विशेष गरी दाङ्गबाँकेवर्दियाकैलाली र काचनपुरमा थारु जातीहरुको वस्ती छ।हिन्दुहरुको महान चाड वडा दशै भए जस्तै यिनीहरुको महान चाड माघी अर्थात माघ एक गते हो।यो दिनमा जाँड र_िक्स खानेभैलो गाउनेतासजुवा खेल्नेनाचगान गरेर रमाईलो गर्ने गरिन्छ।यो दिनमा साहुको घरमा गएका कम्लहरीकमैयाबधुवाहलियाहरु पनि स्वतन्त्र हुन्छन्।साहुको रिन नतिरे सम्म छोरा जति कमैयाबधुवाहलिया र छोरी मान्छे कम्लहरी बस्न जाने चलनछ।आजको यो दिन सब यी कुरालाई विसे्रर सवै थारुहरु रमाईरहेका छन्।रितु पनि सबै साथीहरु सँग मिलेर रमाईरहेकी छ।sेटाहरु सँग दोहरी गाएर सँगै मर्ने र बाँच्ने कसम पनि खाई उसले।गीत न हो भावले जता पनि लान सक्छ।sाेही त वास्तवमै भागेर विहे पनि गर्छन् त्यो रमाईलो चाडमा माया र मोहनी बसे पछि।यसरी रमाईलो हुँदा हुँदै पनि सुर्यलाई यो रमाईलोले रोक्न सकेन।सबैका मनमा अनेकौँ इच्छा हुँदा हुँदै पनि माघीलाई उनिहरुले बिदाई गर्न करै लाग्यो।पापी निशाको अन्धकारले माघीका रमाईला क्षणहरुलाई निमोठेर लग्यो।सबै जना आ-आफ्नो घर तिर फर्किन्छन्।रितु पनि सबै साथीहरु सँग बिदा भएर घरमा फर्किन्छे।आमा र बाबा उसकै इन्तजारमा बसिरहेका छन्।वर्ष दिनको पर्व भएकोले होला सबै थारुहरुको घरमा सदाको भन्दा अलि निको मिठो खाने कुराहरु पाकिरहेका छन्।
एक दुई दिन गर्दा गर्दै रितुको छुट्टिको दिन पनि सकियो।ऊ फेरी बाबाआमाभाई-बहिनीहरु लाई छोडेर मालिकको घरमा जाँदैछे।आमाले सबै कपडाहरु मुाेलामा राखिदिईन्।आफ्नो सन्तानलाई आफ्नो नजर भन्दा बाहिर टाढा पठाउन कुन आमालाई पो रहर होला रतर पनि जिन्दगीका जिजीविषालाई धकेल्न साहुको घरमा छोरीलाई कम्लहरी नपठाई नहुने रीति प्रति आत्मसमर्पण गरिन् उनले र विदाई गरिन् रितुलाई फेरी एक वर्षको लागि।sम्लहरी नपठाउने हो भने उनले साहुको ऋण चुक्ता गर्नु पर्ने हुन्छ।तरत्यो पनि कुहिनाले भित्ता ठोके जत्तिकै हो।यो उनिहरुको वाध्यता हो।बाबाको आँगनीमा भित्रिदा जति सरलसजिलो र सरस थियो रितुलाई त्यो भन्दा पनि कठिन र सकस भएको छ उसलाई विछोड।भाई वहिनीहरुको तोते वचन सँमिुन्छे उसलेमुन मन कुडिएर आँउछआँखाका परेलीहरु भिज्न खोज्छन्।माघको पारिलो घाममा पनि चकमन्न अँध्यारो देख्न थाल्छे ऊ।मुन् भाई वहिनीहरु त्यही भैदिएको भए त के के हुन्थ्यो…।तरउनीहरु गाँउ तिर खेल्न गएका छन्।तरजानु नै छ उसलाई आमाको न्यानो काख छोडेर ।ऊ बाबा आमाबाट बिदा हुन्छे अर्को सालको माघीमा भेट्ने प्रण गरेर।ऊ आँगनबाट मूल सडकमा आउँछे र फर्केर हेर्छे जन्म घर ।आधा शरीर ढोकामा लुकाएर आमाले हेरिरहेकि छिन्।उसले मुन त्यो दृश्य हेर्नै सकिन।लाग्यो उसलाई फर्किएर आमाको फरियामा गुटुमुटु भएर लुकौँ कि।तरके गर्नुयदि आफु नजाउँ भने कि त बाबाले ऋण चुक्ता गर्नु पर्छ कि त उसको वदलामा सानी वहिनीलाई कम्लहरी पठाउनु पर्नेछ।तरदुवै असमर्थ छन् उसका यी उपायहरु।आँशुका आहालमा जीवनरुपि डुङ्गा खियाउदै भारी पाईला सहित उ मालिकको घरमा पुग्छे।मैयाँ निकै खुशी भईन्।उसको बाबाले मालिकको लागि पठाएको नासो पावर टक्र्याउछे।विछोडको पिडाले हृदय ढुक्क फुलेको छ।न भोकको तिस्रना छ पेटमा न प्यासको।अनि गाँउको रमाईलो लाई वन्द परेली भित्रको पर्दामा उतार्दै निद्रा देवीको शरणमा पुग्छे।
कता कता पेट दुखे जस्तो लाग्छ रितुलाई।नियमित महिनावारीको मिति पनि दुई हप्ता पर सरिसकेको छ।उसलाई अलि अलि शँका लाग्न थाल्छ कतै बाबुको……।एक दुई दिन त पेट मिचेरै भए पनि सहेर काम गरी।तरसहनु नै अति भए पछि उसले आफ्नो बेदना मैयाँलाई वताउछे।अनि मैयाँले उसलाई स्वास्थ्य केन्द्रमा लिएर जाँच गराईन्।ऊ गर्भवती भएको कुरा सुनाए डाक्टरलॆ।ऊ छाङ्गाबाट खसेमुै भईरात परेर आयो उसको समिपमा।अचल पहाडहरु तेसर्िए उसको अगाडी।तरपनि उसले आफुलाई सम्हाली र यो कुरा मैयाँलाई नभनिदिन डाक्टरसँग अनुरोध गरीअलिकति औषधी लिएर उनिहरु फर्किए।सदामुै वहिनी समान देखिने मैयाँ पनि राक्षसी जस्तो लाग्न थाल्यो उसलाई।तरनिर्दोष थिई मैयाँ ।उसैले लेखपढ गर्न सिकाई अनि घरायसी कामकाजमा पनि सघाउछे।एक किसिमले मैयाँ उसकै दौतरी जस्तै होसानोमा छँदा सँगै खेल्थेसँगै सुत्थ्ो।जव ऊ ठूली भई मैयाँ स्कुल जान थाली भने रितु घरायसी कामकाजमा।उसले बाटो भरि मैयाँको बारेमा के के सोची थाहा नै छैन राम्रो नराम्रो सबै।
रितुलाई आफ्नै जिन्दगी प्रति निराश लाग्न थाल्यो।जिन्दगी र जिउँनु सँग आकाश र धर्ति बराबरको भिन्नता पाउछे उसले।sालो कर्तुत बोकेर पनि परायाको हुनु पर्नेछ र उसको रिक्तस्थान उसकी बहिनीले लिनु पर्नेछ।sम्लहरीहरु घर मालिकबाट गर्भवती भएमा गाउँको गरीब केटा खोजेर भिडाउने गरिन्छ।sिनकी अर्काको गर्भ कुन राम्रो केटाले स्वीकार गर्छ रगरीब केटासँग विहे गराएर बच्चालाई बाबुको नाम दिनु भनेको फेरी आफ्नै सन्तान लाई त्यही घरमा कमैया वा कम्लहरी पठाउनु नै हो।त्यसैले मालिकले पनि सँधै कम्लहरी वा कमैया कज्याउने अभिप्रायले त्यस्तै गरीब केटा खोजेर रिन दिएर कम्लहरीको विहे गरिदिने गर्छन्।त्यसैले लाग्छ रितुलाई आफु ऊ पनि कसैकि अभिजात नासो हो वलात्कृत सृजनाकि फूल हो।अनि लाग्छ उसलाई यो सामन्ती समाजमा श्रमको सम्मान र मानवताको नाता विल्कुलै रहेनछ।पुस्तैनी रुपमा यसरी वलात्कृत हुदै धेरै थारु चेलीहरुका कम्लहरीले अभिजात नासो पाल्दै आईरहेका रहेछन्।तरऊ के गर्न सक्छेर विचरा! त्यसैले उ एकपटक अतितका जीवनरुपि पानाहरु पल्टाउछे।
रितु…।ऐ…॥रितु…।मेरा खुट्टाहरु निकै दुखेका छन् तेल मालिस गरिदे त…बाबुले कोठाबाट हकारेर बोलाउछ।सबैले माया गरेर उसलाई बाबु भनेर बोलाउछन् छोरीलाई मैयाँ।रितु चुपचाप हातमा तेल सहितको रिकापी लिएर बाबुको कोठामा पस्छे।आफ्नो सिन्दुरको अधिकारी श्रीमानलाई जस्तै उसले बाबुका खुट्टा मालिस गर्न थाल्छे।यसरी नै त्यो घरमा कहिले राजासाब को त कहिले रानीसाबको भने कहिले बाबुको त कहिले मैयाँका लगाएतका शरीरहरु मालिस गर्न मै चौध पन्ध्र वर्ष वित्यो।यो उसको नियमित सेवाकार्य हो।बाबु उसलाई एकटकले हेरिरहेकोछ।वास्तवमा ऊ नाम अनुसारकै रुपरङ्ग भएकि केटी छ रितु।त्यसमा मुन मधूर मुस्कान सहितको बोलीले जो कोहीलाई क्षणभर मै लट्ठ पारिदिन सक्छे।उसको छातीबाट बिस्फोट भएको जवानीको सुभाषले बाबुलाई चाचल बनाईरहेको छ।मानौ उसले समिपमा स्वर्गकि परी देखिरहेको छ।आफ्नो परिवारको सुख दुःखमा साथ दिने आफ्नै कम्लहरी हो भन्ने जान्दा जान्दै पनि उसले विस्तारै कोमल हातहरु समाउछ अनि विस्तारै गुलावी गालाहरु चिमोट्न थाल्छ र कपाल पनि सुम्सुम्याईदिन्छ।उसले बाबुको उद्धेश्य वुमु्छे र भन्छे॥बाबु!तपाईहरुको सेवा चाकडी गर्ने कम्लहरी हुँ म कुनै भाडावाली होईन।तपाई के गर्दै हुनुहुन्छ मलाई राम्ररी थाहा छछोड्नोस मलाई।मालिकले नोकरहरु प्रति गर्ने व्यवहार यो होईन।अरे॥रितु तँ क्या च्वाँक छेस भन्दै मुन उसका कोमल अङ्ग प्रत्यङ्गहरुमा आफ्ना बलिष्ठ बाहुहरु सयर गराउछ बाबुले।सँकोच र लज्जाको प्यालाले रितुको अनुहार रातो पिरो हुँदै जान्छ।ओठहरु थर थर काँप्न थाल्छन्।उसलाई आज के हुँदैछ ऊ आफैलाई थाहा छैन।उ जति जति लज्जित हुँदै जान्छे उति उति बाबुको कृयाकलापले सिमा नाघ्न थाल्छ।ऊ ठुलो असमाजसमा पर्छे।चिच्याउनु कराउनु मात्र एक विकल्प छ तर ऊ भोली घरबाट निकालिनु पर्नेछ वा कुकुर सरि मारिनेछे थाहा छैन।उसको शरीरमा एक किसिमको भयले साम्राज्य जमाउन थाल्छ।शरीरका नशाहरु सल्वलाउन थाल्छन्।मुख सुकेर कलेटी पर्छ।बोल्न चाँहादा चुहदै पनि निस्वर छ उसको आवाज।प्रतिकार गर्न चाँहादा चुहदै पनि हारेको अभिनयमा हात जोडेर साँकेतिक भाषामा अनुनय विनय गर्छे आफ्नो अस्मिताको लागि।तरत्यस बाबुरुपि राक्षससँग उसको केही जोड चल्दैन।उसले उचालेर विस्तारामा लिन्छ र क्षणभरमै रितुको निर्दोष कुमारित्व स्वाहा पारिदिन्छ।हृदयको राजकुमार आफ्नो पतिदेवलाई सुहागरातमा दिईने उपहार त्यो कुमारित्व माटोको घैला सरि फुट्यो छताछुल्ल।अनि रुँदै रुँदै वेहाल आफ्ना कपडाहरु मिलाउदै कोठामा आउछे तर उसलाई एक किसिमको छटपटिले निद्रा लाग्दैन।त्यस दिन देखि प्रायःहरेक दिन बाबुको पराक्रम त्यही हुन थाल्छ।हुन त आफ्नै घर आँगनमा गुलाफ फुले पछि कसलाई आवश्यकता पर्छ र सुवास खोज्न टाढाको वगैचामा जान।यस्तै भएको छ बाबुलाई।उसले स्वास्नी बनाई राख्ने सम्मको सपना देखाएको छ जुन रितुको लागि अन्तरिक्षका तारा टिप्न खोज्ो जस्तै हो । तर पनि ऊ भित्रको जवानी पोखिएर छताछुल्ल छ र अब उसले पनि बाबुको काखलाई स्वागत गर्न करै लाग्छ।सानै उमेर देखि सँगै खेल्दै आएकोले रितु र बाबु एक अर्काको कोठामा पस्नु र निश्कनुमा कसैले वास्ता गर्दैनन्।सत्य यो पनि हो हरेक कम्लहरीहरु परम्परागत रुपमा मालिक र नातेदारबाट बलात्कृत हुन्छन्ा् अनि अवैध गर्भ बोक्न वाध्य हुन्छन्।त्यसैले यो ज्यादती कम्लहरी प्रतिको सँस्कार नै हो।
बैँशको आवेगमा कैयौँ ऋतुहरु बाबुसँग विताई रितुलेत्यसको ठेगान छैन।होवस पनि कसरीउसको जीवनको त्यो कालो रातमा त प्रतिकार गर्ने सम्मको क्षमता पलाएन उसमा भने अबत उसमा एक किसिमको उन्माद नै जागृत भएको छ बैँशको।तर पनि उसको त्यो उन्माद अदृश्य छ।उसले नचाहेर पनि लुकाउनु परिरहेको छ।अनि उसले सँमिुन्छे मैँयासँगका अतितहरु।sति दयालु मैँयाम उनकि कम्लहरी भए पनि कहिल्यै रुखो वचन वोलिनन्हरेक सुख दुःखमा सँगै रहिन्।सबै जना देवता समान हुँदा हुँदै पनि बाबुको दानवी नजरले आज म यो अवस्थामा छु।खानदानीया कहलाउने तिमीहरुको व्यवहारलाई म थुक्छु॥थु॥ई॥क्क…।वास्तवमा उसले आफ्नै अगाडीको भित्तामा थुकेकि थिई त्यसैले उ मुस्किन्छे र फर्केर आउछे यथार्थमा।अनि ऊ बाबुको प्रतिक्षामा बस्छे।खाना खाएर सबै जना सुतिसकेका छन्।अबेर गरेर बाबु घरमा आउछ र खाना खान दिन्छे।खाना खाएर उ कोठा तिर लाग्छरितु पनि उसको पछि पछि लाग्छे।जव उ कोठामा पसेर ढोका बन्द गर्न थाल्छ रितुलाई आफ्नो पछाडी खडा भएको देख्छ।अनि उ खुशी हुदै उसलाई उचालेर विस्तरामा लिन्छ।तररोक्छे उसले बाबुको पराक्रमलाई अनि सुनाउछे आफ्नो स्थिति।म गर्भवती भएकि छु।डाक्टर बाट आज यो कुरा थाहा पाएँ।अब भन्नुस बाबु म के गरुँमलाई जवाफ दिनुहोस मेरो यो हालत किन गराउनु भो ऐ……ऽत्यसो भए तेरो लागि एउटा थारु केटो खोज्नु पर्ने भयोठिक छ म भोली विहान वुवासँग सल्लाह गर्छु भन्दै उसले रितु लाई कोठाबाट निकाल्यो।सगरमाथा मुैँ चुलिएको उसको पुरुषत्व रितुको कुराले क्षणभर मै स्वाहा हुन्छ।विचरा रितु भारी मन लिएर आप्ाु्नो भाग्यलाई दोष लगाउदै कोठामा फर्किन्छे।न त उसलाई सुत्न मन लाग्छ न त हाँस्न वा रुन नै।छाती फुलेर फुट्ला मुैँ भएको छ।उसको आँखाको वरिपरि उसको गाँउ घरछर छिमेकबाबा आमाभाई वहिनीलगाएत साथी सँगीहरु नाच्न थाल्छन् र उसलाई नै कुच्चिखाँउ गरे जस्तो लाग्छ।समस्या समाधानको कुनै उपाय नै देख्दिन उसले।अनि मैँयाको कोठामा गएर व्यूमुाँउछे उसलाई र आफ्नो समस्या राख्छे।विचरा॥मैँया !उ पनि रुखबाट खसे मुै भई तर पनि के गर्न सक्थि र।मात्र चॆली भएर चेलीको मर्म वुमु्न सकि उसले।हेरदिदी हामी नारी भनेका पुरुषका खेलौना हौ भन्ने सोच्छन् पुरुषहरु तर म तिम्रो वेदना वुमु्छु र पनि म बाट तिम्रो लागि केही हुन सक्दैन किनकी मैले पनि एक दिन यो घर छोडेर अवश्य जानु पर्नेछ।तर पनि हामीले मानवता विरुद्धको दानवीय व्यवहार सहनु हुदैन।तिमीलाई म भोली विहान पुलिश चौकिमा लैजान्छुअहिले सुत्न जाउँ।मैँयाका यस्ता नैराश्यपूर्ण कुराले मुन् रितुलाई विचलित वनाउछ।पुलिश चौकिमा गएर आफ्नो ईज्जत त माटोमा मिलाईने छ नै भने त्यो घरको ईज्जत समेत खरानी हुनेछ।त्यसकारण मैँयाको लागि भए पनि त्यो गर्नु हुदैन।sिनकी मैँया मेरी वालसखा होगुरु होमार्ग निर्देशक होसमाजकि चेली हो जसले सम्पुर्ण नारी हृदय वुमु्न सक्छे र बाबु जातका नरभक्षीहरुको खोईरो खन्नेछे।
यसरी रितुले हरेक भाँतीका कुराहरु सोच्छे।मानौँ उसको अन्तस्करणमा बिचारहरुको भेल उर्लेर आएकोछ।sुन गलत र कुन सही उसले छुट्टयाउन सकिन।विरक्तिएर आफ्नो जीवन आफै देखि भाग्न थाल्छ।जीवनको अवमूल्यन भएकोले मृत्यु भन्दा अरु प्यारो नभएको कल्पना गर्छे ऊ।यो पापिष्ट वस्तीमा भन्दा त्यो अस्ताचलको सँसारमा धेरै खुशी र सुखी मानिसहरु देख्न थाल्छे।न त उसलाई आमाको स्नेहले रोक्न सकेको छ न त भाई वहिनीको तोते वोलीले ।उसलाई लाग्छ जति सक्यो चाँडै जानु पर्छ यो वस्ती छोडेर।रोशनीसँग निशाको पराजय हुनु पुर्व नै उसले त्यो अस्ताचल चुमेको हुनु पर्छ।ऊ व्याकुल हुन्छे र एउटा दोपट्टा लिएर वाहिर निश्कन्छे।लाखौँ ताराहरुको प्रकाशमा पनि अदृश्य त्यो बारीको आरुबखडाको रुख उसको नजरमा मुलमुली आउँछ।यो सँसारको मोहरुपी जाल भन्दा त्यो वृक्ष प्यारो लाग्छ।उ त्यस रुखको फेदमा जान्छे र घर तिर फर्केर हेर्छेउसको कोठाबाट छचल्किएको विजुलीको प्रकाशले विदाईका हातहरु हल्लाए जस्तो लाग्छ।अनि एक पटक त्यस वृक्षको पातलाई चुम्छे र एउटा हाँगोमा चुन्डिको सहाराले स्वर्गिक यात्राको पथमा भर्याङ्गहरु चढ्छे फटाफट्…………
निशाले आफ्नो पराजयी अनुहार लुकाई सकेको हुन्छ।हिमालका अग्ला चुचुराहरुमा सुर्यका स्वर्णिम किरणले लुकामारी खेल्दैछ।गाँउ भरि हल्ला चल्छ रितुले आत्माहत्या गरी रे…राजासाबकि कम्लहरी त मुण्डिएर मरी रे…।तर त्यहाँ श्रद्धाका दुई थोपा आँशु मुार्न कोही आएन ।मात्र हेरिरहेछन् धेरै परबाट एक कम्लहरीको मुण्डिएको लाश…फगत लाश मात्र एउटी कम्लहरीको ।

कथाकार

टंक चन्द

तुलसीपुर बेलुवा दाङ्ग

( कथाकार अ ने सा स मलेशिया का सचिब तथा  अनाम मण्डली मलेशिया का सँरक्षक  हुनुहुन्छ )

 

म र मेरो माइखोला

कतिले गित बनाए, कयौंले त गाए
तिम्रो बारेमा एउटा कथा नै बनाए
तिम्रो किनारमा बाढी पैरोमात्र हैन
कयौ युगल हरुले माया र प्रित पनि त लाए |

सुसेली मारेर तिमि गित गाउथेउ
रमाएर म ननाचेको हैन
तिम्रो सुसेलीमा म रम्दै हराउदै
ति सफेद बगरमा त्यो यौबन बिताएँ |

सबै बाल वृद्धा तिमि सामु आए
देउ भाग्य भन्दै भोग लड्डु चढाए
तिमि संग माग्न म नआएको हैन
त्यो तिम्रो इच्छा ले म परदेश नि आएँ |

गर्जेर आउछेउ रिसाएको झोकमा
लिएर जान्छेउ धर्ति को कोखमा
मागेर दिन्नौ बरु लिएकै छौ
मेरी माता पनित तिमि लाई चढाएँ |

March 26, 2010

‘कार्ड’ उपयोगमा माओवादी

 

 

सुजित मैनाली

अमेरिकासँगको मिलेमतोमा दलाई लामाले तिब्बतमा चीनको ‘सुजेरइन’ हैसियत अस्वीकार गर्दै उसलाई तिब्बतबाट विस्थापित गर्न चाहेपछि माओत्सेतुङको निर्देशनमा सन् १९५९ मा चिनियाँ जनमुक्ति सेनाले तिब्बतमाथि आक्रमण गर्यो । आक्रमणपछि पोताला दरबार छाडी भागेका दलाई लामालाई भारतले आश्रय दियो । सतही रुपमा हेर्दा दलाई लामालाई भारतले शरण दिनुका पछाडि मानवीय मूल्य र मान्यताले काम गरेको देखिए पनि तिब्बतको भूराजनीतिक सम्भावना हत्याउन चीन र भारत दुवैले देखाएको व्यग्रता यसका लागि जिम्मेवार थियो । अन्तर्राष्ट्रिय राजनीतिमा भावना र मानवीयताको कुनै स्थान हुँदैन, शक्तिविस्तार नै यसको एकमात्र लक्ष हो भन्ने सत्यलाई यस घटनाले पुनःपुष्टि गरिदियो ।

‘तिब्बत कार्ड’ सुरक्षित गरी चीनसँगको अन्तरविरोधमा आवश्यकताअनुरुप यसको उपयोग गर्न भारतले दलाई लामालाई सम्मानजनक आतिथ्य प्रदान गरेको थियो । यसै पृष्ठभूमिमा जवाहरलाल नेहरुको अग्लो अन्तर्राष्ट्रिय व्यक्तित्वका बावजुद भारतमाथि चीनले सन् १९६२ मा आक्रमण गरेपछि लज्जास्पद हार बेहोर्न भारत बाध्य भयो । राजनीतिमा ‘कार्ड’को महत्व र यसले वहन गर्ने संवेदनशीलताको झलक यसबाट पाउन सकिन्छ । राजनीतिमा ‘कार्ड’ प्रभावकारी हुनसक्छ । तर, यसलाई सही ढंगले व्यवस्थापन र उपयोग गर्न सकिएन भने यसले भारतको नियति दोहोर्याउन पनि सक्ने भएकाले ‘कार्ड’ प्रयोगकर्ता यसप्रति सचेत हुन जरुरी छ ।

लामो अन्तरालपछि नेपाली राजनीतिमा रणनीतिक चालबाजीको अभ्यासलाई एकीकृत माओवादीले ब्युँत्याएको छ । नागरिक सर्वोच्चताको नारा पार्टीघेराभन्दा बाहिर विस्तारित हुन नसकेपछि र यसले आफू नेतृत्वको सरकार गठनका लागि भारतलाई सहमत गराउन नसकेपछि माओवादीले भारतलक्षित ‘राष्ट्रिय स्वाधीनताको आन्दोलन’ चर्काइसकेको छ । सत्ताप्राप्तिमा देखिएको व्यवधानको छटपटीले नै माओवादीलाई भारतविरुद्ध जाइलाग्न बाध्य बनाएको भए पनि हाल उसले उठान गरेको राष्ट्रवादी एजेन्डाले नेपाल-भारत सम्बन्धको लुकेको आयामलाई मात्र उजागर गरेको छैन, बरु यसले नेपालको भूराजनीतिक महत्ता र भारतसँगको नेपालको सम्बन्धमा नेपालको सुदृढ ‘बार्गेनिङ’ क्षमतालाई समेत सतहमा ल्याइदिएको छ । यस दिशामा माओवादीले चालेको कदम स्वागतयोग्य छ ।

‘राष्ट्रिय स्वाधीनताको आन्दोलन’कै क्रममा हाल माओवादीले सुगौली सन्धिको वैधतामाथि प्रश्न उठाउँदै सन्धिबाट गुमेको मेचीपूर्व टिस्टा र महाकालीपश्चिम काँगडासम्मको भूभागमाथि नेपालको दाबी गरेको छ । आफू नेतृत्वको सरकार गठनको मार्गमा नयाँदिल्लीले भाँजो हाल्न नछोडेपछि उसलाई तर्साउन माओवादीले भारतद्वारा अतिक्रमित भूभागको स्थलगत निरीक्षण गर्ने र दिल्लीको नेपालप्रतिको हेपाहा व्यवहारको सार्वजनिक रुपमै कडा आलोचना गर्ने काम गरिसकेको छ । यसका बावजुद भारतीय विदेशमन्त्री एसएम कृष्णाले पछिल्लो नेपाल भ्रमणका क्रममा माओवादीप्रति अपेक्षाकृत लचकता अपनाउन अस्वीकार गरेपछि नयाँदिल्लीलाई ‘गतिलो पाठ पढाउन’ माओवादीले ‘ग्रेटर नेपाल कार्ड’ खेल्ने प्रयत्न गरेको छ । सुगौली सन्धिबाट गुमेको भूभाग पुनः नेपालमा गाभिनुपर्ने न्यायोचित माग नै ‘ग्रेटर नेपाल’ सिद्धान्तको मूल मर्म हो ।

योगी नरहरिनाथ र सुभाष घिसिङले चर्चामा ल्याएको ‘ग्रेटर नेपाल’ सिद्धान्तलाई हाल फणिन्द्र नेपालले प्राज्ञिक रुपमा मात्र नभई सांगठनिक रुपमा समेत गति दिइरहेका छन् । सन् १८१६ मा बि्रटिश र नेपालबीच भएको सुगौली सन्धि भारतबाट ब्रीटिस फर्किनासाथ स्वतः भंग भइसकेको यसका सिद्धान्तकारहरुको कथन छ । त्यसमाथि विवादित १९५० नेपाल-भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले सन्धि हुनुअघि नेपाल सरकार र भारतका तर्फबाट इस्ट इन्डिया कम्पनीबीच भएका सम्पूर्ण सन्धिसम्झौता रद्द भएको उल्लेख गरेबाट पनि सुगौली सन्धि मृत भइसकेको ‘ग्रेटर नेपाल’का सिद्धान्तकारहरुको दाबी छ । यस्ता सशक्त ऐतिहासिक एवम् कानुनी आधार टेकेको ‘ग्रेटर नेपाल कार्ड’ भारतलाई गलाउन पर्याप्त रहेको माओवादी विश्लेषण छ जुन यथार्थपरक पनि देखिन्छ ।

राष्ट्रिय स्वार्थ सम्वद्र्धनमा मुलुकले विभिन्न कार्ड खेल्नेगर्छन् । अमेरिकासँग चीनले अटेर गरेमा ताइवानसँग हातहतियार बिक्री सम्झौता गरेर अमेरिकाले चीनलाई तसा्रउने गरेको छ । इरान-पाकिस्तान-भारत ग्यास पाइपलाइन विस्तार योजनामा पाकिस्तानलाई सहमत गराउन भारतले ‘बलुचिस्तान कार्ड’ खेलिरहेको छ । त्यसैगरी भारत-अमेरिका गठबन्धनबाट एसिया महाद्वीपमा आकाशिएको भारतीय महत्वाकांक्षालाई सीमित गर्न चीनले ‘पाकिस्तान कार्ड’ खेल्दै आएको छ । अफ्गानिस्तानमा पाकिस्तानी प्रभावसँग मुकाबिला गर्न भारतले तालेवानविरोधी शक्तिसँग बढाएको हिमचिम र पाकिस्तानले तालेवानप्रति अप्रत्यक्ष ढंगले अवलम्बन गरेको नरमपनालाई पनि यसै रुपमा हेर्न सकिन्छ ।

‘राजनीतिक कार्ड’ शक्तिशाली राष्ट्रहरुको मात्र वशको कुरा भने होइन । म्यानमारको आन्तरिक मामिलामा भारतले हस्तक्षेप बढाएपछि यसको जवाफमा म्यानमारले पनि उत्तरपूर्वी भारतका पृथकतावादी समूहसँग हिमचिम बढाएको थियो । यसबाट भारत पछि हट्न बाध्य भएको थियो । त्यसैगरी हालै श्रीलंकाले भारतीय तथा अन्य पश्चिमी राष्ट्रविरुद्ध ‘चाइना कार्ड’ खेलेर पृथकतावादी तामिल द्वन्द्व सफलतापूर्वक दमन गरेको हामी सबैले देखेकै हौं । यस्तो परिप्रेक्षमा नेपालले भारतविरुद्ध कुनै ‘कार्ड’ खेल्न सक्दैन भन्ने छैन । पाचायतकालमा राजा महेन्द्रले भारतीय सहयोग भित्र्याउन ‘चाइना कार्ड’ खेलेको सत्य पनि यहाँ स्मरण गर्नुपर्छ ।

भारतविरुद्ध ‘ग्रेटर नेपाल कार्ड’ खेल्न खोजेर माओवादीले नेपालको सुदृढ हैसियत प्रदर्शन गरेको भए पनि ‘ग्रेटर नेपाल’ स्थापनाका लागि ऊ पूर्णतः इमान्दार हुने सम्भावना अत्यन्त कम छ । ‘ग्रेटर नेपाल कार्ड’ भजाएर माओवादी सीमित राजनीतिक लाभ हासिल गर्न चाहन्छ । तर सीमित उपलब्धिमा रमाउने कि ‘ग्रेटर नेपाल’ अभियानलाई निर्णायक बिन्दुमा पुर्याएर नेपाललाई अनन्त कालसम्मका लागि भारतीय पाजाबाट मुक्त गर्ने ? निर्णय गर्नुपर्ने माओवादी नेतृत्वले हो । ‘ग्रेटर नेपाल’ स्थापनाका लागि आवश्यक कानुनी आधार हामीसँग प्रशस्तै छन् । अन्तर्राष्ट्रिय अदालतलगायतका नियकायहरुले पनि यसलाई उपेक्षा गर्नसक्ने स्थिति छैन । ‘ग्रेटर नेपाल’ सम्भव भएमा नेपालले पूर्वमा बंगलादेश नाउँको अर्को छिमेकी पाउनेछ । र, हम्बानटोटा र मंग्ला बन्दरगाहको उपयोग गरेर अन्तर्राष्ट्रिय व्यापारमा नेपालले भारतको एकाधिकारलाई चुनौती दिनसक्नेछ । यसरी नेपाललाई आर्थिक एवम् राजनीतिक रुपमा स्वाधीन बनाउनेपट्टि लाग्ने कि भारतले काजुस्याइँपूर्वक दिने सीमित छुटमा आत्मरति गर्दै रमाउने ? अधिकार मागेर होइन खोसेर लिनुपर्छ, यो माक्स्रदेखि माओसम्मको दर्शनको चुरो हो कि होइन ? हो भने यो कुरा ‘ग्रेटर नेपाल’को सवालमा लागू हुने कि नहुने ?

कम्युनिस्टहरुले भन्नेगरेको क्रान्ति सफल हुनका लागि ‘मसल्स (पाखुरा)’ र ‘मास पार्टिसिपेसन (बृहत्त जनसहभागिता)’को आवश्यकता पर्दछ । हात्ती सफारीसम्म संगठन विस्तार गरिसकेको माओवादी पार्टीसँग पाखुराको कमी छैन । रह्यो बृहत्तर जनसहभागिताको, कुरा जुन ‘ग्रेटर नेपाल’लाई कार्डको रुपमा नभई लक्षको रुपमा अवलम्बन गरे सजिलै पाउन सकिन्छ । इतिहासमा विरलै आउने यस्तो स्वार्णिम मौकालाई उपयोग गरेर ‘महान् छलाङ’ मार्ने कि सीमित सुधारसहितको ‘अर्धऔपनिवेशिक यथास्थितिवाद’मा रमाउने ? यसपट्टि माओवादीले दूरदृष्टि राखेर इमान्दारितापूर्वक सोच्नै पर्छ ।

June 5, 2009

मेघ नाथको रहस्यमय मृत्यू .

megh Nath Bk by you.

मलेसियाको रावाङ्गमा स्थित यूरो कम्पनिमा कार्यरत नेपाली मेघनाथको रहस्यमय मृत्यू भएको छ । गत मे महिनाको २९ तारीखका दिन देखि अचानक गायव भएका बिक ३१ मेका दिन कम्पनिकै नजिकै रुखमा झुण्डीको अवस्थामा निजको लास फेला परेको थियो । हराई रहेकामेघनाथलाई खोज्दै जानेक्रममा नाईलनको डोरीमा झुण्डीएको शरीर भरी निलडाम भएको अवस्थामा लास फेला परेकोले निजले आत्महत्या गरेको भन्ने कुरा बिश्वास गर्न नसकिने र पोसमार्टम पछि जुन ४ तारीखको थाई एयरवेजको बिमान बाट नेपालमा लास पठाइसकिएको कुरा सँगै कार्यरत नेपाली बुद्धी भण्डारीले बताउनु भयो । कम्पनि सँग बिमाको लागी पहल गर्न खोज्दा आत्महत्या गरेकोमा बिमा नपाईने कुरा बताइए पछि मृतक बिक परिवारको राहतको लागी बुद्धि भण्डारीको सकि्रयतामा आरएम ४५०० संकलन गरी निजका परिवारका नाममा  ईन्सेन्टीभ रेमिट मार्फत पठाईने निः शुल्क पठाईन लागिएको थाहा हुन आएको छ । नेपाल स्थित ईन्सेन्टीभ ग्रुप अफ कम्पनिका चेयरमेन हरीमान लामा बाट पनि मृतकका परिवार लाई सहयोग गरीने बताउनु भएको छ ।
नेपालमा अर्घाखाँची जिल्ला मैदान गा.बि.स. वडा नं. २ घर भएका निज बिक बिगत ६ बर्ष देखी मलेसियामा मजदुरी गर्दै आएका थिए । मृतकका परिवारमा २ छोरा २ छारी, एक श्रीमती, बाबु र आमा गरी ७ जनाको परिवार छ । मेघ नाथको एक छोराको टाउको सँग सम्बधीत जटिल बिरामी भएको र निजको अपे्रसनकोलागी ठुलो रकमको आवस्यकता भएको हुँदा निजको परिवारको सहयोगको लागी यहाँ स्थित नेपाली हरुले सबै सँग सहयोगको लागी अपिल पनि गरेका छन् ।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Free counter and web stats
MySpace Counters
Buy chairmats